रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा

काठमाण्डु टुडे २०८२ जेठ ५ गते ११:३६ मा प्रकाशित

काठमाण्डू, ५ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो । लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सोमबार ‘घ’ नम्बरमा रहेको छ ।

उनीभन्दा अघि भ्रष्टाचार र बन्दीप्रत्यक्षीकरणकै अन्य मुद्दा छन् । लामिछाने हाल भैरहवा कारागारमा छन् । सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा उनी पुर्पक्षका लागि थुनामा रहेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us