मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

काठमाण्डु टुडे २०८२ जेठ ५ गते ७:५१ मा प्रकाशित

विराटनगर,४ जेठ-मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहता रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भएर पल्टिएको बताइएको छ ।

मोटरसाइकल मृतकका छोरा वर्षीय रमेश मेहताले चलाएका थिए । प्रहरीले मोटरसाइकल चालक मेहतालाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us