
काठमाण्डू, ५ जेठ- काठमाण्डूबाट लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि बीचबाटै काठमाण्डू फर्किएको छ ।
बिहान सवा ६ बजे उडेको जहाजको इन्जिनमा रामेछापमाथिको आकाशमा पुगेपछि समस्या देखिएको थियो ।
नजहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको काठमाण्डू विमानस्थल कार्यालयले जनाएको छ ।
आकस्मिक अवतरण गराइएका कारण काठमाण्डू विमानस्थलमा केहीबेर उडान र अवतरण प्रभावित भएको थियो ।