
काठमाण्डू, ५ जेठ । गएराति वर्षासँगै आएको बाढीले बागमती खोलाको डाइभर्सन बगाएपछि काठमाण्डू-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित बागमती खोलामा बनाइएको डाइभर्सन बगेका कारण सडक अवरूद्ध भएको हो ।
डाइभर्सनमार्फत सवारी आवतजावत हुँदै आइरहेको थियो ।
डाइभर्सन बगेर सडक अवरूद्ध भएपछि, प्रहरी टोली घटनास्थलमा पुगेको र अहिले सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।