चट्याङ लागेर २२ च्याङ्ग्रा मरे, दुई गोठाला अचेत

काठमाण्डु टुडे २०८२ जेठ ४ गते २१:१६ मा प्रकाशित

जुम्ला, ४ जेठ- जुम्लाको गुठीचौर गाउँपालिका(२ स्थित महादेव सामुदायिक वनमा चट्याङ लागेर २२ च्याङ्ग्रा मरेका छन् ।

चट्याङको झट्काले गोठालाहरु हिराबहादुर ऐडी र धनकृष्ण रोकाय बेहोस भएका छन् ।

गाउँ नजिकै सामुदायिक वनमा चराउन लगिएका च्याङ्ग्रालाई घर फर्काउने क्रममा चट्याङ लागेको हो ।

ऐडीका १६ वटा रोकायका ६ वटा च्याङ्ग्रा मरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us