
काठमाण्डू, ४ जेठ– जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंशात्मक प्रर्दशनको जन कमाण्डर एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।