
काठमाण्डू, ४ जेठ– सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रामेश्वर चौधरी नियुक्त भएका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चौधरीलाई आज (आइतबार) उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीको सपथ ग्रहण आजै साँझ ५ बजेका लागि तय गरिएको छ ।
आर्थिक लेनदेनको अडियो बाहिरिएपछि यसअघिका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिए दिएपछि उक्त मन्त्रालय मन्त्रीविहिन भएको थियो ।