सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १६:०० मा प्रकाशित

काठमाण्डू, ४ जेठ– सत्ताको प्रमुख घटक दल कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।

छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला र डा.प्रकाशशरण महत र डा. शंशाक कोइराला सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।

उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us