कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन्ः स्वतन्त्र सांसद सिंह

काठमाण्डु टुडे २०८२ जेठ ४ गते १४:३५ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सत्ता घटक दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई जेठ महिनाभित्र हटाउन खोजिरहेको आरोप लगाएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । उनले जनजाति महिला भएकै कारणले उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको दाबी समेत गरेका छन ।

उनले जनजाति भएकै कारण नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको, जनजाति भएकै कारण ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलाई हटाइएको र मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव नबनाएको बताए ।

उनले कांग्रेसलाई जनजाति, मधेसी थारु विरोधी भएको आरोपसमेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us