
विराटनगर, ३ जेठ- तस्करी नियन्त्रणमा काम गर्न नसकेको भन्दै सशस्त्र प्रहरीका एक नायब उपरीक्षक (डिएसपी) जिम्मेवारीबाट हटाइएका छन् ।
प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी ऋषिकेश राउत तानिएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अर्यालको ढाडो निर्देशनमा राउतलाई हटाइएको हो ।
सशस्त्रको प्रदेश नम्बर १ का प्रमुख एवं बराह बाहिनी प्रमुख नायब महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेले सन्तोषजन काम नभएकाले राउतलाई हटाइएको बताए ।
राउतलाई तानेर उनको ठाउँमा डिएसपी अमर खत्रीलाई पठाइएको जानकारी न्यौपानेले दिए ।