
काठमाण्डू, ३ जेठ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । झापाको दमक नगरपालिकाका पूर्वप्रमुख समेत रहेका ७२ वर्षीय बुढाथोकीको बुढाथोकीको आज बिहान ९ः ५५ बजे आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । वि.सं २०४९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा (एमाले)को तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए । उनको आज नै अन्त्येष्टि गरिने जनाइएको छ ।