लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

काठमाण्डु टुडे २०८२ जेठ ३ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– नेपाली कांग्रेस निकट तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन ।

‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्‍यो,’ ती सहभागीले भने, ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’

अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us