कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः माधव नेपाल

काठमाण्डु टुडे २०८२ जेठ ३ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवाश्यकता भएको बताए ।

आज (शनिबार) एकीकृत समाजवादी पार्टीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको पनि बताएका छन । आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए ।

उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभईकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिस्टको रूपमा अघि बढ्न जरुरी रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us