धनुषाको वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त

काठमाण्डु टुडे २०८२ जेठ ३ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ । कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।

धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप स्थिति सिर्जाना भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।

विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us