डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

काठमाण्डु टुडे २०८२ जेठ २ गते १२:३० मा प्रकाशित

काठमाण्डू, २ जेठ– सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले डा. पौडेललाई नेपाल राष्ट्रबैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै रिट पेश गरेका थिए ।

तर उक्त रिट सर्वोच्च प्रशासनले आज दरपिठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन । सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको उनले जानकारी दिए ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेका समाचारहरु सार्वजनिक भएका थिए । यही चर्चाबीच गभर्नर छनोट समितिका सदस्य समेत रहेका पौडेलले सो पदबाट राजीनामा दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us