
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् ।
रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न राष्ट्रपति पुटिनलाई सन्देश पठाएका हुन् ।
उनले आफ्नो सन्देश पुटिनलाई सुनाइदिन प्रतिनिधिमण्डलको टोलीलाई आग्रह गरेको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । भेटको क्रममा प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् ।