तीन वर्षीया छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २० गते ७:१६ मा प्रकाशित

नेपालगञ्ज, २० भदौ- प्रहरीले आफ्नै तीन वर्षीया छोरी बलात्कारमा संलग्न रहेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धधवार-७ का उपाध्याय थरका एक युवक छन् । प्रहरीले उनको परिचय खुलाएको छैन । आरोपीलाई बाँकेको जमुनाहबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ । आवश्यक कारबाहीका लागि आरोपीलाई बर्दिया लगिएको छ ।

उनी गत भदौ १० गते राति आफ्नै तीन वर्षीया छोरी बलात्कार गरेर भागेका थिए । बालिकाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । पीडित बालिकाकी आमा वैदेशिक रोजगारीमा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us