चितवन, २० भदौ– चितवनको कोराकनजिकै स्थानीय लोथर खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।
पिप्ले–६ रानीवासकी सरोज चेपाङकी छोरी ५ वर्षीया मोरियम चेपाङको खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
लोथर तरेर कोराकको थाकलटार जान लागेका बेला उनलाई खोलाले बगाएको हो । बिहीबार दिउँसो खोलाले बगाएर बेपत्ता भएकी उनको शव बिहीबार राति भेटिएको थियो ।