अर्घाखाँची, २० भदौ– बाघको आक्रमणबाट अर्घाखाँचीमा एक बालिकाको मृत्युभएको छ ।
सन्धिखर्क नगरपालिका–१० किमडाडाकी ५ वर्षीया सुजाता विकलाई आफ्नै घरको आगनमा खेलिरहेका बेला बिहीबार साँझ बाघले चिथोरेको थियो ।
बाघले घिसारेर लैजाने खोज्दै गर्दा परिवारका सदस्यले उनलाई बाघको मुखबाट खोसेका थिए । बाघको आक्रमणमा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।