
काठमाण्डु, २० भदौ –टेन्डर भन्नेबित्तिकै वस्तु वा सेवा बेच्ने भए कम र किन्ने भए बढी मूल्य दिएर काम हात पार्ने प्रक्रिया हो ।
तर जताततै कार्टेलिङ ९मिलेमतो० हुने नेपालमा त्यसो हुँदैन । प्रतिस्पर्धामा गर्नुपर्ने व्यवसायी नै एकआपसका मिल्छन् र घटाघट हुनुपर्नेमा बढी र बढाबढ हुनुपर्नेमा घटी मूल्य कबोलिन्छ । व्यवासयी मिलेर बढिबढाउ वा घटाउजस्ता टेन्डरका आधारभुत प्रक्रिया नै अवरुद्ध पारेपछि नेपाल खाद्य संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन ।
आपूर्तिकर्ताबीच प्रतिस्पर्धा गराएर सकेसम कम मूल्यमा चामल किन्न टेन्डर आह्वान गर्दा व्यवसायीले बजार मूल्यभन्दा पनि धेरैको प्रस्ताव पेस गरेपछि संस्थानले किन्न नसकेको हो ।
प्रस्तावित मूल्य बजारको भन्दा धेरै भएपछि टेन्डर दिन नसकेको संस्थानका नायब महाप्रबन्धक नवराज उपाध्यायले बताए । हामीले चार वर्षदेखि चामल किन्न सकेका छैनौं,’ उपाध्यायले भने,‘बजार मूल्यभन्दा धेरैमा हामीले किन्न सक्दैनौं ।’