तेल चोर्ने व्यवसायीलाई नछाडे पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सरकार र आयल निगमले आफ्ना माग तत्काल पूरा नगरे ओन्दोलनमा उत्रने PRETROLचेतावनी दिएको छ ।
राजधानीमा बुधबार पत्रकार सम्मेलन गरेर महासंघले पटकपटक सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदासमेत मागको बेवास्ता गरेको भन्दै २१ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएको हो ।
निगम र सरकार आफूहरुका मागप्रति गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको महासंघले जनाएको छ । माग पूरा नभए आगामी भदौ ३१ गतेदेखि देशभरका ट्यांकरको साँचो निगममार्फत सरकारलाई बुझाउने चेतावनी व्यवसायीको छ ।
महासंघका अध्यक्ष खगेश्वर बोहराले गत वैशाख १६ गते भैरहवा क्षेत्रमा तेल चोरी प्रकरणमा समातिएका व्यक्तिहरुमाथि झुठा मुद्दा लगाएको दाबी गरे ।
१७ व्यवसायीलाई अकारण वारेन्ट जारी गरिएकामा खेद प्रकट गर्दै सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको मागसमेत गरेका  छन् । बोहराले व्यवसायीहरुमाथि लगाएको झूठो मुद्दा तत्काल खारेज गरी घटनाको छानबिन गर्नुपर्ने बताए ।
करारमा राखिएका ट्यांकरहरुको लगानी संरक्षण गर्नुपर्ने, ढुवानी नियामावलीको लागू, पेट्रोलियम पदार्थको जोखिम बीमा र एक्साईज ड्युटी निगमले गर्नुपर्ने लगायतका १० बुँदे माग महासंघको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us