तिनकुनेमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १ गते ७:१९ मा प्रकाशित

काठमाण्डू, २ चैत– काठमाण्डूको तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

तीनकुनेस्थित गैरीगाउँ पेट्रोल पम्प अगाडि रा१ख २६२२ नम्बरको टिपरले टिपरले प्र३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ४ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–११ का २६ वर्षीय सुकराम तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार काभ्रेको बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय रमेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिएर भागेको टिपर त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो भवन बाहिर भेटिएको छ ।

चालक फरार रहेको र उनको खोजी भएरहेको एसपी बोहराले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us