टिपरले तानेर ल्याउँदै गरेको बोलेरोमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १ गते १०:५१ मा प्रकाशित

काठमाण्डू, २ चैत– काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–१ विपी चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

बा५ख११६८ नम्बरको टिपरले तानेर ल्याउँदै गरेको बा१२ च २६९७ नम्बरको बिग्रिएको बोलेरो गाडीमा बा४८प ३६४० को मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–१ सानीटारीका ३७ वर्षीय अनुज ढकाल छन् ।

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अुनसार दुर्घटनामा गम्भीर घाइते ढकालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

प्रहरीले टिपर र बोलेरो तथा दुवै सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us