देश परिवर्तनको संघारमा छ, कसैले रोकेर रोकिँदैनः लिङ्देन

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विरोधी नभएको बताएका छन । आज शुक्रबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन  ।

उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप पनि लगाएका छन । उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु भने राजसंस्था एकअर्काको विकल्प र विरोधी होइनन्, ‘राजसंस्था र प्रजातन्त्रसँगै जानसक्छ, राजा र प्रजातन्त्रसँगै जानसक्छ ।’

सबैभन्दा माथि देश र देशभन्दा माथि केही नभएको बताउँदै उनले अहिले परिवर्तनको संघारमा रहेको पनि बताएका छन । उनले भने, ‘देश परिवर्तनको संघारमा पुगेको छ ।

अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन,’ लिङ्देनले भने, ‘त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन । यो परिवर्तन रोकिनेवाला छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us