काठमाण्डू, १ चैत– पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा भन्दै सवा करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका अनुप सिंह कारागार चलान भएका छन । उनले धरौटी नबुझाएपछि कारागार चलान गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले १२ लाख धरौटीमा तिरेर रिहा आदेश दिए पनि धरौटी नबुझाएपछि उनी कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सिंहलाई नख्खु कारागार पठाइएको छ । यही ठगीमा सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी तिरेर रिहा भएका छन् ।