स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ फागुन ३० गते १७:२१ मा प्रकाशित

काठमाण्डू, १ चैत– मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी सहित विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय विद्यार्थी प्रज्वल अधिकारी, विराटनगर–७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर–१ बस्ने १९ वर्षीय विद्यार्थी खड्का रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।

उनीहरूले स्ववियु कार्यालयअगाडि आई कुर्सी, सूचनापाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा विवाद छ ।

महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ । इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us