फाइल तस्बिर
काठमाण्डू, १ चैत– समाजवादी मोर्चाले शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
शनिबार अपराह्न २ बजे ललितपुरको होटल हिमालयमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे मोर्चाको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
उनका अनुसार त्यसअघि बुद्धिजिवीहरुसँग अन्तक्र्रिाया हुनेछ । ‘राजनीतिक अन्तर्यमा हाम्रो गणतन्त्र हो, हामी बचाउँछौं ।
कनुै पनि खालको खराब परिस्थितिसँग जुध्न हामी तयार छौं’, भुसालले काठमाण्डूटुडेसँग भने, ‘साथसाथै सत्ता गठबन्धन र सरकार जनभावनाअनुसार चलोस् र बेथितिपूर्ण क्रियाकपाल रोकोस भन्नेमा हामी सबैको समान धारणा हो ।’
भुसालले जनताको बलिदानीपूर्ण संघर्षबाट पाप्त गणतन्त्रमाथि कसैले औंला उठाउँछ भने त्यसको मिलेर प्रतिवाद गरिने चेतावनी दिए । त्यसैका लागि आगामी १५ चैतमा गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्ने निर्णय भएको पनि उनले बताए ।