सरकारप्रति शेखर कोइरालाको आक्रोशः बिनास काले विपरीत बुद्धि

काठमाण्डु टुडे २०८१ फागुन ३० गते ११:२१ मा प्रकाशित

काठमाण्डू, १ चैत– सत्तारूढ कांग्रेस नेता डा. शेखर कोइरालाले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने सरकारको तयारीप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले यस्ता व्यवहारले व्यवस्था र पार्टीको हित नगर्ने भएकाले तत्काल पछि हट्न सरकारसँग माग गरेका छन् ।

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन निर्वाह भत्ता, सवारी साधन, आवाशजस्ता सुविधा दिने गरी मन्त्रिपरिषदले विधेयक मस्यौदा गर्दा गृह मन्त्रालयलाई स्वीकृति दिएको छ ।

कोइरालाले कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्रैबाट सरकारको कामको विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः गर्नुलाई ‘विनास काले विपरित बुद्धि’ को को संज्ञा दिएका छन् ।

‘विनास काले विपरीत बुद्धिः सरकार कुशासनको दुश्चचक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजीवन सुविधा । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊँ,’ कोइरालाले लेखेका छन् ।

कोइरालाले दिएको सुविधासमेत घटनाउन सुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us