काठमाण्डू, २९ फागुन– हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) घाइते भएका छन् ।
अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘जेरी अनटप’ छायाङ्कनका क्रममा बिहीबार मुस्ताङको मुक्तिनाथमा घिमिरे घाइते भएका हुन् । घिमिरेको टाउकोमा चार टाँका लगाइएको छ ।
उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले छायांकनका क्रममा ‘रिफ्लेक्टर’ को टुक्रा उछिट्टिएर घिमिरेको टाउकोमा लागेको थियो । चिकित्सकले घिमिरेलाई करिब एक साताजति आराम गर्न सुझाएका छन् ।
उक्त अवधिमा चलचित्रको छायाँकन रोकिने न्यौपानेले बताए ।