काठमाण्डू, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा बोल्दा प्रधानमन्त्री केपी ओली निरन्तर अनुपस्थित भएामा आपत्ति जनाएका छन् ।
प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा बालेका थिए । ओली बैठकमा सहभागी भएनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्न विराटनगरमा छन् ।
यसअघि २४ माघमा पनि प्रचण्डले बोल्दा ओली उपस्थित थिएनन् । ‘प्रमुख प्रतिपक्षी दलको नेता रोष्ट्रममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि ? संस्कारहीनता हो कि ? कुण्ठा हो ? त्यसको जवाफ पनि आफैं खोज्नुहोला’, प्रचण्डले भने ।
प्रतिपक्षलाई संसदमा कम स्पेश दिइएकामा पनि उनले असन्तुष्टि जनाए । उनले रास्वपा सभापति रवि लामिछानेलाई देशभर डुलाइएको र संसदमा आउन नदिएकामा आपत्ति जनाए ।
यस्तै उनले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को तस्बिर अंकित टिसर्ट लगाउनु प्रतिबन्ध लगाएर सरकारले निरंशुकताका लागि वातावरण बनाइरहेको बताए ।