बाबुराम भट्टराईको फेसबुक ह्याक

काठमाण्डु टुडे २०८१ फागुन २७ गते १३:२८ मा प्रकाशित

काठमाण्डू, २७ फागुन–पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको छ ।
भट्टराईको सचिवालयले भट्रयाईको पेज ह्याक भएको जनाएको छ । भट्टराईको फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक र भ्रामक टिप्पणी गरेको सचिवालयको भनाइ छ ।

‘डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्,’ सचिवालयले भनेको छ, ‘हाल उहाँको आइटी टोली उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ ।’

भट्टराईबारे भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us