आज पनि प्रचण्ड संसदमा बोल्दा हुने छैनन् ओली

काठमाण्डु टुडे २०८१ फागुन २७ गते ११:२५ मा प्रकाशित

कास्की, २७ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् ।
विशेष समय लिएर प्रचण्डले संसद् बैठकलाई सम्बोधन गर्न लागेका हुन् । प्रचण्ड बोल्ने समयमा प्रधानमन्त्री केपी ओली भने संसदमा हुने छैनन् ।

प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा संसदमा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ । यसअघि गत २४ माघमा पनि परम्पराविपरीत ओली प्रचण्ड बोल्दा अनुपस्थित थिए ।

मंगलबार ओली कोशी प्रदेशसभालाई सम्बोधन गर्न विराटनगर गएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us