परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

काठमाण्डु टुडे २०८१ फागुन २६ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २६ फागुन– परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् ।

आगामी १७ मार्चबाट नयाँदिल्लीमा सुरु हुने ‘राइसिना डायलग’ मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । उक्त कार्यक्रम भारतको विदेश मन्त्रालयका आयोजनामा हुँदैछ ।

डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्री सहभागी हुनेछन् ।

मन्त्री राणाले झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजा समेत गर्ने उनको सचिवालयले जनाएको छ ।

मन्त्री राणालाई परराष्ट्रसचिव अमृतबहादुर राईलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदार्इ गरे । गत असारमा मन्त्री भएपछि यो उनको तेश्रो भारत भ्रमण हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us