महिलाको हत्या गरी शव बागमतीमा फाल्ने ५ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १९:१७ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– काठमाण्डूको गोकर्णेश्वरमा महिलाको हत्या गर्ने ५ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडाका २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ देउरालीका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेकी २० वर्षीया पूजा परियार र एक नाबालक रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।

अन्दाजी ३५ वर्षीया एक महिलाको शव गोकर्णेश्वर नगरपालिका–७ स्थित नामी कलेज नजिकै बागमती खोलामा बोरामा प्याक गरेर फादिएको अवस्थामा शनिबार भेटिएको थियो ।

घटना अनुसन्धानको सिलसिलामा प्रहरी हत्यामा संलग्नहरुसम्म पुगेको हो । पहचिान खुल्न नसकेकी महिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us