पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १७:१३ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– आज आइतबार एक साताको पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डू फर्किएका छन । पूर्वराजा शाहलाई उनका समर्थकहरूले काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजीसहित स्वागत गरेका छन् ।

समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि विमानस्थल परिसरमा तनाबको स्थिति उत्पन्न भएको थियो । पूर्वराजा शाह आइतबार अपराह्न चार्टर्ड उडानमार्फत पोखराबाट काठमाण्डू आएका हुन् ।

उनलाई स्वागत गर्न राप्रपा नेपालका नेता कमल थापासहित उनका समर्थक विमानस्थल पुगेका थिए। प्रधानमन्त्रीविरुद्ध नाराबाजी तीव्र बनेपछि सुरक्षाकर्मी र समर्थकबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन विमानस्थल सुरक्षाकर्मीहरू सक्रिय बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us