काठमाण्डू आइपुगे शाह, गेटमा समर्थकहरुको स्वागत

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) पोखराबाट काठमाण्डू आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us