तीनकुनेबाट दुर्गा प्रसाईंको नेतृत्वमा र्‍याली एयरपोर्ट जाँदै

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– यत्ती बेला पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन ।

सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाण्डू फर्किँने बताइएको छ ।

उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा हुने क्रम जारी छन । उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us