काठमाण्डू, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका एमाले उपमाहसचिव विष्णु रिमालले जनताको मुख थुनेर अढाइ सय वर्षसम्म रामराज्यको रट लगाउनेहरूले नै राजतन्त्र खरानी पारिसकेको प्रतिक्रिया दिएका छन ।
एमाले उपमहासचिव रिमालले राजतन्त्र फर्काउनुपर्छ भन्दै राजावादीले अभियान तीव्र पार्दै गर्दा उपमहासचिव रिमालले आइतबार साामाजिक सञ्जाल फेसबुमा लेख्नहुन्छ, ‘यिनीहरू नै थिए त !
अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि २०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता “राम–राज्य”का संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजा सहित सिङ्गो वंशलाई “उनीहरूद्वारा (उनीहरूका लागि)उनीहरूले नै” खरानी बनाएका हैनन् र ?’उपमहासचिव रिमाल थप लेख्नुहुन्छ, ‘एयरपोर्ट जाऔँ–स्वागत गरौँ’ भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको ‘गोल्डेन डेज’आयो भन्दै ती ‘डेज’मा ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? !’
२०६१ सालमा सुनौला दिन आयो भन्दै २०६३ सालसम्म रजाइँ गरेको नभुल्न पनि उपमहासचिव रिमालले आग्रह गर्नुभएको छ। “रक्त शुद्धता र वंश–परंपरा” नश्लिय पाखण्डको पर्दाफाश गरौं !’ उपमहासचिव रिमाल भन्नुहुन्छ, ‘अंग्रेज़ीमा एउटा भनाई छ नि– फर्गिभ’ वट नट फर्गेट !’ पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाण्डू आउने अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादीहरुले काठमाण्डूमा विभिन्न शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न काठमाण्डू आउँदै छन ।