काठमाण्डू, २५ फागुन– यती बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरी रहेका छन । आज आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै प्रर्दशन गरीरहेका छन । प्रदर्शनकारीहरु पोखराबाट काठमाण्डू आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाण्डू फर्किँदैछन् ।