मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us