एमाले रसुवा अध्यक्ष ढकालद्वारा पार्टी परित्याग

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन् ।

पार्टी नेतृत्वको कार्यशैली र तरिका मन नपरेकाले आफूले पार्टीको जिल्ला अध्यक्ष र संगठित सदस्यसहित सबै जिम्मेवारी छाडेको घोषणा ढकालले गरे ।

‘म अब यस्ता मान्छेहरुसँग बसेर पार्टीको कुनै पनि जिम्मेवारीमा रहन र काम काम गर्न सक्दिन’, ढकालले भने, ‘राजनीतिबाट अलग स्वतन्त्र नागरिक भएर बस्छु ।’
ढकाल ०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा रसुवाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

माओवादी केन्द्र र बाबुराम भट्टराईको नयाँशक्ति हुँदै एमाले प्रवेश गरेका बागमती प्रदेशसभाका पूर्वसदस्य प्रेमबहादुर तामाङ हाबी भएको भन्दै ढकाले असन्तुष्ट थिए ।

तामाङलाई एमालेले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ । दोश्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार रहेका तामाङलाई ढकालले पराजित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us