नेपाल–चीन सीमामा भूकम्प, काठमाण्डूसम्म धक्का

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, नेपाल–चीन सीमा क्षेत्रस्थित तिब्बतमा शनिबार भूकम्प गएको छ

तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३५ मिनेटमा ५ ९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का तीब्बतसँग सीमा जोडिएका अधिकांश हिमाली जिल्लासहित काठमाण्डू उपत्यकासम्म महसुस भएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले भूकम्प गएको पुष्टि गरे ।

भूकम्पले भएको क्षतिबारे जानकारी प्राप्त भएको छैन ।

यसअघि शनिबार बिहान मात्र केही घण्टाको फरकमा म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us