काठमाण्डू, २४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन ।
आज (शनिबार) ‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
प्रचण्डले भने, ‘ ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मुर्खता नै भन्छु, ‘अब अहिले पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’
संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताएका हुन् । ‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’, प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनतत्यो सहदैनन् ।’
प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिएका छन ।
तराई मधेश जागरण कार्यक्रमअन्र्तगत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन ।
आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।