ओलीसँग गएकै दिन प्रचण्डलाई भनेका थियौँ दुई महिनामा फाल्दिन्छौँः सिटौला

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १९:०१ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिन दुई महिनामा फालिदिने बताएको खुलासा गरेका छन् ।

सरकारको अस्थिरताका कारण बनेका प्रचण्डलाई अब ओलीसँग मिलेर हामी सरकार बनाउँछौँ भनेर हिँडेको सिटौलाले झन्डै त्यही अवधिमा ओलीसँग सहमति भएको बताएका छन । आज शुक्रबार संसदीय मामिला पत्रकार समाजले राष्ट्रियसभाको औचित्यका विषयमा राखेको छलफलका क्रममा सिटौलाले यस्तो बताएका हुन ।

उनले आफू राष्ट्रियसभाको अध्यक्ष बनाउन कर गरेका कारण राष्ट्रियसभा सदस्य लड्न तयार भएको भन्दै गठबन्धन टुटेपछि परिणाम अर्कै भएको पनि बताएका छन । उनले भने, ‘म वीरगञ्जमा हुँदा नै गठबन्धन टुट्दै गरेको थाहा पाएँ । काठमाण्डू आएर उपप्रधानमन्त्री समेत रहेका पूर्णबहादुर खड्कालाई गठबन्धन टुट्नेबारे चासो राखे उहाँ कहाँ हुन्छ भन्नुहुन्छ ।

सोध्न जाउ भनेर प्रचण्डकोमा गयौँ, उहाँले होइन भन्नुभयो, ‘उहाँले होइन भनेको कुरा नै भयो । त्यसपछि रमेश लेखक (वतर्मान गृहमन्त्री) र म प्रचण्डकोमा गयौँ र हामी जे भन्छौँ त्यो गर्छौं भनेरै हिँड्यौँ । अब हामी ओलीसँग मिलेर सरकार बनाउँछौँ, तपाईंलाई दुई महिनामा प्रधानमन्त्रीबाट फालिदिन्छौँ ।’

उनले भनेको करिब त्यही अवधिमा ओलीसँग मिलेर सरकार बनाएको बताए । यो विषय प्रचण्डसँग पनि सोध्न आग्रह गर्दै रातारात केही भएर सरकार परिवर्तनको हल्लाबाट प्रभावित नहुन आग्रह समेत गरेका छन । उनले भने, ‘प्रचण्डले कांग्रेसलाई धोका दिएपछि त्यसै दिनबाट नयाँ सरकारको अभ्यास सुरू भएको हो, रातारात के भयो भन्ने हल्ला बेकार भो हस्ताक्षर कहाँ भयो र कुन समयमा भयो भन्ने प्राविधिक कुरा मात्रै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us