झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १७:५४ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– प्रहरीले झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना सहित एक जनालाई पक्राउ गरेको छ ।

बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाण्डू जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिएका छन ।

काभ्रेपलाञ्चोक घर भई हाल काठमाण्डू बस्दै आएका सानुबाबु तामाङले बोकेको झोला र सुटकेसभित्र बोधिचत्त फेला परेको उनले जानकारी दिएका छन ।

त्यसपछि सोधपुछ गर्दा कागजपत्र र बिल नभएको पाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय बुझाइएको प्रहरीले जनाएको छ । धार्मिक महत्वका कारण बोधिचित्त निकै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालका बोधिचित्त चीनतर्फ तस्करी भएर जाने गरेको छ ।

काभ्रेको तिमाल र रोशी यसको पकेट क्षेत्र भएपनि अन्यत्र समेत बोधिचित्त केही मात्रामा बोधिचित्त पाइन्छ । यद्यपि, चिनियाँहरुले काभ्रेको बोद्धिचित्तलाई राम्रो मान्ने गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us