राष्ट्रिय गौरवका आयोजना सरकारको उच्च प्राथमिकतामाः भौतिक मन्त्री दाहाल

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको बताएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिदैँ भौतिक पूवार्धार मन्त्री दाहालले यस्तो बताएका हुन ।

सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने पनि उनले बताएका छन । सडक दुर्घटना न्यूनीकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरू गरिएको पनि बताएका छन ।

उनले भने, ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छ ।’

मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us