काठमाण्डू, २३ फागुन– आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेस भएको छ ।
शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन, ०८०–८१ सभामा पेस गरेका हुन् ।