काठमाण्डू, २३ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन ।
आज (शुक्रबार) बसेको प्रधानमन्त्री सभाको बैठकमा बोल्दै सांसद बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताएका हुन । पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने गरेको दाबी गरेका छन ।
अर्यालले भने, ‘हामीसँग श्रम मन्त्रालय छ, मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना र युवालाई देशमा बस्ने वातावरण बन्नुपर्ने हो। तर मन्त्रालयलाई कहिले मेनपावर व्यवसायीले चलाएको आरोप छ ।’
उनले भने, ‘श्रम मन्त्रालय घूसको अड्डा बनेको छ यत्रतत्र सर्वत्र बजारमा जानकारी छ । प्रतिदिन ताहाचल कार्यालयमा ७५ लाख घूस असुली भइरहेको कुरा डिजी र मन्त्रीलाई समेत विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि मन्त्रालय र मन्त्री बेखबर हुनु जस्तै भनेको मन्त्रालय घुसको अखडा बनेको छ। सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’