अढाई वर्ष राजतन्त्रको कर्म भोगेकै हो, त्यसका नाममा मूल्यवान समय खेर नफालौँः महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– एमालेका महासचिव शंकर पोखरेलले गुनासा, असन्तुष्टि भएपछि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन । आज शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन ।

एमाले महासचिव फेसबुकमा लेखेका छन, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर गणतन्त्रका ‘विकल्प राजतन्त्र हुँदै होइन, ‘अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेको हो। जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौँ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us