शंकरापुरमा अनाथ बालबालिका बस्ने टहरोमा टिपर पस्यो, तीनको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन २३ गते ७:२२ मा प्रकाशित

काठमाण्डू, २३ फागुन- काठमाण्डूको शंकरापुर नगरपालिका–६ सलम्बुटारमा रहेको अनाथ बालबालिका राख्ने टहरामा मालबाहक टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका र एक वृद्ध छन् ।

बा२क ६५८० नम्बरको टिपर बाटो छाडेर शुक्रबार बिहान ३ः ४० बजे आश्रयस्थलभित्र पसेको थियो । उक्त आश्रयस्थल द्वन्द्वपीडित तथा अपांग समाज नेपालले सञ्चालन गरेको हो ।

बालकहरुको घटनास्थलमै र वृद्धको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको बौद्ध प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले ठक्कर दिने टिपर र चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us